
काठमाडौं । कोरोना भाइरस फैलिन नदिनका लागि सरकारले देश लकडाउन घोषणा गरेको छ । लकडाउनमा अति आवश्यक काम बाहेक कसैलाई पनि घरबाहिर जान दिइएको छैन् ।
लकडाउनको समयमा पनि जनकपुरमा एउटा अनौंठो घटना सुनियो । जनकपुर उपमहानगर ६ महावीर चोकमा गएको शुक्रबार दुई जना महिलाले सडकमा पैसा फालेको कुरा बाहिर आयो । महिलाले १० रुपैयाँको १५ वटा नोट चोकमा फालेको स्थानीयले बताए ।
पैसाबाट पनि कोरोना सर्छ भन्ने कुरा बाहिर आइरहेको बेला कतै कोरोना फैलाउनका लागि त यस्तो गरिएको होइन् भनेर प्रहरीले ती महिलाको खोजि गर्यो ।
दुई जना मुस्लिम महिलाले पैसाको बिटो बोकेर हिँडेको र बाटोमा पैसा फाल्दै गरेको स्थानीयले प्रहरीलाई जानकारी गाएको थियो । प्रहरीले तत्काल (सीसीटीभी) को आधारमा दुई जना मुस्लिम महिलालाई प्रकाउ गर्याे ।
उनीहरु आमुना खातुन र अलिना खातुन भएको खुल्यो । र ती दुबै नन्दभाउजु रहेको प्रहरीले पत्ता लगायो । प्रहरीले दुबै जानालाई नियन्त्रणमा लिएर नोटसहित कोरोना परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधानमा पठाएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गर्दा बाहिर हल्ला गरेजस्तो नभएको बताएको छ । उनीहरुले कोरोना फैलाउनका लागि आफुले नोट नफालेको र थाहा नपाएर खसेको प्रहरीलाई जानकारी दिएका थिए ।
के हो त वास्तविकता ?
आमुना खातुन र अलिना खातुन नन्द भाउजु हुन् । शुक्रबार खातुनद्वयले श्रीमानले विदेशबाट पठाएको पैसा निकालेर घर फर्किदै थिए । उनीहरुले एक लाख रुपैयाँ निकालेका थिए । उत्तः पैसाको १०,१० काे नाेट काउन्टरमै खुद्रा पनि गरेका थिए ।
पैसा बोकेर हिँडिरहेका बेला उनीहरुको पासबाट पैसा खसेको थियो । यो विषयमा प्रहरीले सिसीटिभिको फुटेज हेरेर पनि अनुसन्धान गरेको छ । अझै पनि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
र्यापिड परीक्षणमा कोरोना पोजेटिभ देखिएका दुबै जना जनकपुर अस्पतालको आइसोलेसनमा राखिएका छन् ।
उनीहरुको पीसीआरको रिर्पोट भने आउन बाँकी रहेको छ । प्रहरीले उनीहरु कहाँ गएका थिए, कस्लाई भेटेका थिए भनेर पनि अनुसन्धान गरिरहेको छ । सम्पर्कमा आएका व्यक्तिहरुको खोजि पनि भइरहेको बताइएको छ ।
प्रहरीले बाहिर जसरी हल्ला फैलाइएको थियो, बास्तविक त्यस्तो नभएको बताएकाे छ । त्यस्तै महिलाले कोरोना फैलाउनका लागि पैसा नफालेको बयान पनि दिएकी छन् ।










