सप्तरी । सप्तरीमा फेरी एक जना ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका मगरको एक्कासी मृत्यु भएको बताइएको छ । तर, मृत्युको कारण भने खुलाइएको छ ।
३७ वर्षीय प्रहरी हबल्दार मगरको घर भने,उदयपुर जिल्ला हो । उनको मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।
यसअघि पनि सप्तरीको बोदे बर्साइन सिमा नाकामा ड्युटीमा खटिएका कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।











