
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । हीबार संसदमा सामु विस्वासको मत मागेका उनलाई बहुमत सदस्यले मत नदिएपछि उनको मुख्यमन्त्री पद गएको हो ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले आज प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षमा २७ मत र विपक्षमा ३० मत खसेको छ ।
विश्वासको मत दिनमा लागि भएको मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।
अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । गण्डकी सरकार ढल्दा ओली सरकारलाई एक अर्को झट्का लागेको छ ।







