
वीरगञ्ज । कोरोनाको जोखिममा रहेको वीरगञ्जमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वीरगञ्जका चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक सामग्री वितरण गरिएको हो ।
बिहीबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले सुरक्षाका लागि सामाग्री वितरण गरेको बताएका छन् । उनले नारायणी अस्पतालका चिकित्सकलाई ३५ थान पीपीई, वीरगञ्ज महानगरपालिकामा रहेका १६ वटा स्वास्थ्य चौकीलाई पीपीई सेट, थर्मल गन, मास्क लगायतका सामाग्री उपलब्ध गराएका छन् ।
त्यस्तै एम्बुलेन्स चालक ११ जनालाई पनि पीपीई सेट र दुई थान थर्मल गन उपलब्ध गराएका छन् । वीरगञ्जमा कोरोनाका विरामी थपिएपछि स्वास्थ्कर्मी देखि एम्बुलेन्स चालकलाई समेत जोखिम बढेको थियो । सामाग्री पाएपछि अब काम गर्न सजिलो हुने उनीहरुले बताएका छन् ।











