सप्तरीका संक्रमित रिपोर्ट नआउँदै घर पठाइएका थिए

सप्तरी । कोरोना संक्रमण देखिएका सप्तरीका युवा बैशाख ९ गते चितवनबाट हिँडेर घर आए । चितवनमा मजदुरी गर्न गएका उनी लकडाउनको बेला १३ जना साथीहरुसँगै हिंडेर घर पुगेका थिए ।

चितवनबाट आएकाले उनीहरु सबैलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखियो । १९ दिनसम्म क्वारेन्टाइनमा बसेका उनीहरुको बैशाख २५ गते स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि रिपोर्ट नआउँदै उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो ।

स्थानीय जनप्रतिनिधिका अनुसार क्वारेन्टाइनमा १९ दिन भन्दा बढी राख्न नमिल्ने भएकाले घर पठाइएको हो । उनी घर गएपछि परिवारसँग बसेका थिए ।

रिपोर्ट पोजिटिभ आएपछि अब उनले घरमा र गाउँमा कतिजनासँग भेटघाट गर्यो त्यो एकिन भएको छैन् । उनी रिपोर्ट पोजिटिभ आएपछि घरबाट भागेर पातो बजारमा हजुर आमासँग बसेको भेटिएको बताइएको छ ।

उनको रिपोर्ट पोजिटिभ आएपछि उनका हजुरबुवा र हजुरआमा तथा आमा समेतलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ । परिवारका अरु सदस्यको पनि परीक्षण गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार