
काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिकता वितरण गर्ने काममा सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन, उनले भनिन् ।
उनले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनै पर्ने बताइन् । त्यस्तो ब्यवस्था नगरिएमा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्ने उनका भनाई छ । उनले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्रीय रुपमा पनि मान्य नहुने बताइन् ।









