कोरोना संक्रमित भेटिएको सप्तरीको गाउँ नै सिल

सप्तरी । सप्तरीमा कोरोना संक्रमण पोजिटिभ देखिएका युवकको गाउँ नै सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले  डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ युवकको हटैल गाउँ नै सिल गरको हो ।

सोमबार साँझ बसेको सुरक्षा समितिको बैठकले युवकलाई कोरोनाको रिपोर्ट नआउदै गाउँ पठाइएकाले जोखिम हुनसक्ने भन्दै पुरै टोल सिल गर्ने निणर्य गरेको बताइएको छ ।

लकडाउनको समयमा गत वैशाख ९ गते घर आएका युवकमा सोमबार कोरोना संक्रमण देखापरेको छ । चितवनबाट आएलगत्तै डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ३ स्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको वैशाख २५ गते स्वाब संकलन गरिएपछि रिपोर्ट नपर्खिदै २८ गते घर पठाइएको थियो ।

संक्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गर्ने निर्णय पनि गरिएको छ । उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार