
पर्सा । वीरगञ्ज अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका छन् । संक्रमणपछि जिल्लास्थित नारायणी अस्पतालमा उपचार गराइरहेका उनिहरु बुधबार अस्पतालको आइसोलेसन कक्षबाटै भागेको बताइएको छ ।
भागेका दुबै जना स्थानिय पुरुष रहेको अस्पतालले जनाएको छ । भागेका संक्रमितहरुको खोजीकार्य तिर्व भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले अनमोलपोस्टलाई जानकारी दिइन ।
“वीरगञ्ज अस्पतालबाट दुई जना भागेको भन्ने जानकारी हामीलाई आएको छ, हामीले उनिहरुको हुलियाका आधारमा खोजि गरिरहेका छौं”, एसपी पन्तले बताइन । पर्सामा हालसम्म ८२ जनामा संक्रमित रहेका छन् ।











