
विराटनगर । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश १ को मोरङका दुई जना र धनकुटाका एक जना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगर महानगरपालिकामा भेटिएका संक्रमति दुई जनामध्ये एकजना २९ वर्षीय महिला छन भने अर्का ३६ वर्षीय परुष रहेका छन् ।
संक्रमित मध्ये धनकुटामा भेटिएकी ३४ वर्षीय महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटाकी संक्रमित महिला स्वास्थ्यकर्मी रहेको पुष्टि गरेका हुन ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।
नेपालमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोरङ र धनकुटामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् ।











