सोमबार राति थप १८ जनामा संक्रमण भेटिएसंगै सातै प्रदेशमा कोरोना फैलियो, संक्रमित संख्या ३७५


काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा थप १२ सहित धनुषा, खोटाङ, दैलेख र सुनसरीमा गरी १८ जना नयां संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार राती मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनाका १२ जना पुरुष, दैलेख आडबिसका १ पुरुष, सुनसरीका १ पुरुष र झापाका १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

सक्रमितहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगरमा गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

योसंगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ । कर्णली प्रदेशको दैलेखमा कोरोना भेटिएसंगै सातै प्रदेसमा कोरोना फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार