थप २५ जनामा कोरोना भेटिएको मन्त्रालयद्धारा पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो


काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटअनुसार थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवरपरासीमा १ जना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४२७ पुगेको छ ।

संक्रमणपछि निको हुनेको संख्या ४५ पुगेको छ भने मृत्यु हुनेको संख्या २ रहेको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेका २५ वर्षीय पुरुष रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार