ढोका फोडेर कोरोना संक्रमित फरार


जनकपुर । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका एक जना व्यक्ति अस्पतालको ढोका फोडेर भागेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा रहेका ति व्यक्ति ढोका फोडेर भागेका हुन् ।

उनी आइतबार बिहानै आइसोलेसन कक्षबाट ढोका फोडेर भागेका प्रहरीले जनाएको छ । भाग्ने व्यक्ति मानसिक रुपमा ठिक नभएको पनि बताइएको छ ।

यसअघि पनि उनी पटक पटक आइसोलेसन कक्षबाट भाग्न खोजेको अस्पतालले जनाएको छ । उनी सर्लाहीका ४० वर्षिय पुरुष हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन्।

यसअघि बाँके र वीरगञ्जका कोरोना संक्रमित भागेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार