वीरगञ्ज । पर्सामा थप २१ जना कोरोना जितेर घर फर्किएका छन् । नारायणीको कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोना जितेर मंगलबार राति घर फर्किएका हुन् ।
अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।
उनीहरुको लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको बताइएको छ । नारायणी अस्पतालमा भर्ना ७२ जना संक्रमित यसअधि नै निको भएर घर फर्किसकेका छन् ।
योसँगै नेपालमा कारोना निको हुनेको संख्या एक सय ७६ पुगेको छ ।












