घर बाहिर निस्किदै हुनुहुन्छ, यस्तो छ सरकारको नियम


काठमाडौं । सरकारले आजबाट घर बाहिर निस्किने व्यक्तिले मास्क अनिवार्य लगाउनु पर्ने नियम बनाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदन बढ्न थालेपछि सरकारले यस्तो नियम बनाएको हो ।

गृहमन्त्रालयले मास्क नलागाई घर बाहिर हिड्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृहले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जनाएको छ ।
त्यसैले घर बाहिर निस्किदै हुनुहुन्छ भने मास्क अनिवार्य प्रयोग गर्नु होला ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार