
झापा र रौतहटमा गरी थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झापामा १७ र रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।
रौतहटमा भेटिएका संक्रमित मध्ये २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पुष्टि गरे ।
योसंगै रोतहटमा संक्रमितको संख्या १०५ पुगेको छ ।
त्यस्तै झापामा भेटिएका संक्रमितको कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।












