नेपालमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौ । नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बुधबार गरिएको नियमित मिडिया बिफ्रिङमा देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा सक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जसमध्ये ७९६ पुरुष र महिला ९० जना रहेका छन् ।

संक्रमित जिल्लाको संख्या ४७ पुगेको समेत प्रवक्ता देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार