काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना संक्रमण देखिएसँगै मृतकको संख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।










