
काठमाडौं । भारतबाट उद्धार गरेर ल्याएका व्यक्तिलाई क्वारेन्टाइन लैजादै गरेको टिपर कर्णालीमा खसेको छ । कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर बुधबार बिहान कर्णालीमा खसेको हो ।
टिपरले भारतबाट आएका ३९ जनालाई बोकेको थियो । अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अन्यको नेपाली सेना र प्रहरीले उद्धार कार्य भइरहेको बताइएको छ ।
सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।










