रुकुम घटनाबारे गृहको प्रतिवेदनः ‘रुकुम घटनाको योजनाकार वडाध्यक्ष’

काठमाडौं । रुकुमको सोती घटनाबारे गृहमन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
६ जना युवाको सामूहिक हत्या प्रकरणको छानविन गर्न गठित समितिको प्रतिवेदन गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको हो ।

गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको हत्याकाण्डको मुख्य योजनाकार वडा डम्बरबहादुर मल्ल रहेका छन् ।

उनले घटना भएको बखत नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिने स्थानीयलाई भेला गर्नुका साथै प्रहरीलाई समेत गुहारेको अुनसन्धानमा पाइएको छ ।

घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा अध्यन गरेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको गाउँ सोती पुगेका थिए । युवतीका बुबाले यसबारे वडाध्यक्ष मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ ।

उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरे । विवाद हुन लागेको भन्दै सूचना पनि दिए तर, स्थान भने उल्टो बनाइदिए । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘वडाध्यक्षले फोनमा ढुंगेखानीमा घटना भएको भनेर टिपाएका थिए, त्यसैले प्रहरी त्यता गयो । उनले औल जिउलामा युवाहरुलाई छेक्ने योजना बनाएका रहेछन् ।’

वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नपाएको प्रतिवेदनमा उल्लेख छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘गाउँलेलाई भेला गरेर धेरै टाढा पुगिसकेका युवाहरुलाई पिछा गरेर ढुंगा, मुढा प्रहार गरी नवराज विक, टीकाराम सुनार, गणेश बुढासहित ६ जनालाई हत्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।’

वडाध्यक्ष मल्लसहित ५ जना फरार गरी ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत रुकुममा आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भइसकेको। आजबाट अभियुक्तहरुको वयान लिने काम पनि सुरु भइसकेको छ ।

रुकुम घटनाबारे समितिले गरेको अध्यन अनुसंन्धानबारे गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार