नेपालमा थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो


काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित मिडिया ब्रिफिङअनुसार नेपालमा संक्रमितको संख्या ६५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेटिका यि संक्रमितमध्ये महिला ४९९ र पुरुष ६०९२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा यि संक्रमितहरु भेटिएका हुन । देशभरका ७३ जिल्लामा संक्रमित भेटिएका छन् ।

सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ ३८ र आरडीडीटीबाट २ लाख २३ हजार ५१९ जनको परीक्षण गरेको समेत प्रवक्ता गौतमले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार