क्वारेन्टिनबाट घर फर्किएकै दिन मृत्यु भएका बर्दियाका पुरुषको कोरोना नेगेटिभ

बर्दिया । क्वारेन्टिनबाट घर फर्किए पछि मृत्यु भएका बर्दियाका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

बर्दिया नगरपालिका ३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुकोको बिहीबार मृत्यु भएको थियो । काठमाडौंबाट घर गएका उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । घर फर्किएकै दिन राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार