
विराटनगर । बुधबार धरानमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष रहेका छन् ।
उनको आज साँझ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पताल भर्ना भएका थिए ।
बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएपछि दिउँसो विराटनगरबाट रेफर गरेर धरान पठाइएका र उपचारकै क्रममा धरानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि आजै दुई जनाको विरगञ्जमा पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृतक तिनै जनाको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि गर्न बाँकी रहेको छ ।











