कोरोना संक्रमणबाट विरगंञ्जमा थप दुई जनाको मृत्यु


वीरगञ्ज । कोरोना संक्रमणबाट बिहीबार विरगंञ्जमा थप दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको घरमै मृत्यु भएको हो ।

वीरगञ्ज १६ नगवाका ३५ बर्षीय पुरुषलाई ज्वरो आउने, श्वासप्रस्वासमा देखिएपछि गएको मंगलबार गण्डक कोरोना अस्पतालमा भर्ना भएका थिए । उनलाई परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको उपचारका क्रममा बिहीबार बेलुकी निधन भएको अस्पतालले जनाएको छ ।

त्यस्तै वीरगञ्ज २ छपकैयाका ६५ बर्षिय पुरुषको पनि बिहीबार घरमै मृत्यु भएको थियो । उनको बिहीबार बेलुका रिर्पोट पोजिटिभ आएको बताइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । दुबै जनाको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार