
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना पोजिटिभ देखिएको छ । महाशाखाका दुई जनामा कोरोना देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
बग्गीखाना सील गरेर उनीहरुलाई क्वारेन्टिन पठाइएको हो । कोरोना संक्रमण पुष्टि भएका दुई जनालाई भने गएको शुक्रबार नै अस्पतालमा पठाइएको छ ।
महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।













