काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज पनि १९ वटा खेलहरु हुँदै छन् । प्रतियोगिताको छैटौं दिन आज केही खेलहरु पुरा हुनेछन् भने केही नयाँ खेलहरु पनि सुरु हुनेछन् । नयाँ खेलमा बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु सुरु हुनेछन् ।
सातदोबाटोमा बक्सिङ र स्क्वास, किर्तिपुरको कभर्डहलमा फेन्सिङ हुनेछ भने आजदेखि जनकपुरमा कुस्ती पनि सुरु हुनेछ ।
यसबाहेक काठमाडौंमा एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु पनि हुनेछन् ।
ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका खेल पोखरामा हुनेछ ।












