काठमाडौंका ३१ सहित थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ४६  जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताबाट १ सय ११ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै आज देशभर ८ हजार ८ सय ६१ जनाको कोरोना परीक्षण गरिएको छ । हाल ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार