गृहमन्त्री को बन्ने भन्नेबारे प्रचण्डको जवाफः ‘बनेपछि थाहा पाउनुहुन्छ’


काठमाडौँ । गृहमन्त्री पदबाट रबि लामिछानेले राजीनामा दिएपछि तत्काल गृहमन्त्री को बन्ने भन्ने बिषय अन्योलमा छ । यहि अन्योलका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गृहमन्त्रीको बन्ने भन्ने बिषय अन्योल नै रहेको संकेत गरेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा भाग लिएर बाहिरिदै गर्दा संचारकर्मीले सोधेको प्रश्नमा उनले यस्तै अन्योलताको जवाफ दिएका हुन् ।

बैठकबाट बाहिरिदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई ‘गृहमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले ‘बनेपछि थाहा पाउनुहुन्छ’ मात्रै भनेका थिए ।

रास्वपा सभापति लामिछानेको गृहमन्त्री पद गएपछि प्रधानमन्त्री प्रचण्डले उक्त पद आफैसंग राखेका छन् । नागरिकता पुन प्राप्ति गरेसंगै लामिछानेले गृहमन्त्रीमा पुर्नवहाली हुने चाहाना राख्दै दौडधुप सुरु गरेका छन् । लामिछानेको नागरिकता प्राप्तिको बिषय अन्त्य भएपनि पासर्पोटसंग जोडिएको मुद्धाको भने छिनोफानो हुन बाँकी रहेकाले गृहमन्त्री पद दिन उचित नहुने मनशायमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । तर, सत्ता गठबन्धनबाटै एमालेका नेताहरु भने लामिछानेलाई नै गृहमन्त्री दिनुपर्ने बताइरहेका छन् । यसमा माओवादी सहमत नभएर बरु गृहको सट्टामा लामछानेकमो पार्टीलाई अन्य मन्त्रालय दिन सकिने गरि छलफल भइरहेको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार