वीरगञ्ज । पर्सामा मृत्यु भएकी युवतीमा कोरोना पोजिटिभ देखिएको छ । गएको सोमबार पर्साको पोखरिया नगरपालिका ९ मामा घरमा बस्दै आएकी एक १८ वर्षीया युवतीको मृत्यु भएको थियो ।
पखाला लागेर स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
मृत्यु पछि स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार राति उनको रिर्पोट पोजिटिभ आएको छ । पछिल्लो समय पर्सामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । पर्सामा मात्रै अहिलेसम्म १३ जनाको मृत्यु भइरहेको छ ।