
वीरगञ्ज । वीरगञ्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगञ्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ६६ पुगेको छ । पर्सामा मात्रै कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ ।












