
वीरगन्ज । कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवार रहेका छन् ।
गएराति कोरोना निको भएपछि वीरगन्ज हेल्थ केयर अस्पतालबाट डिस्चार्ज भएका उनको अस्पतालबाट डिस्चार्ज भएको चार घण्टापछि मृत्यु भएको बताइएको छ ।
उनलाई कोरोना रिपोर्ट नेगटिभ आयो भनेर डिस्चार्ज गरिएको भएपनि झाडा पखाला र अक्सिजनको मात्रा कमि भएकाले थप उपचारका लागि राम्रो अस्पतालमा भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए ।
सोही अनुसार नारायणी बयोधा अस्पतालमा भर्ना भई उपचार गराइरहेका उनको उपचारकै क्रममा गएराति मृत्यु भएको आफन्तले बताएका छन् । आफन्तले उनको कोरोना परीक्षणको माग समेत गरेका छन् ।









