कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छ : डब्ल्यूएचओ


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रण हुन अझै दुई वर्ष लाग्न सक्ने बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले कोरोना निण्न्त्रणमा समय लाग्ने बताएका हुन् ।

अहिले सुरुमा संक्रमण बढेर केहीसमय नियन्त्रणमा आएका देशहरुमा फेरि संक्रमण बढेको घटनालाई संकेत गर्दै डा.गेब्रियससले कोरोना नियन्त्रणमा समय लाग्ने बताएका हुन् । तर सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने पनि उनले बताए ।

डब्ल्यूएचओले विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण पनि भाइरस तीव्र रुपमा फैलिएको भनेको छ । कोरोना सुरु भएदेखि नै यसको खोप बनाउन विभिन्न देशले गरेको मेहनतका कारण पनि छिटो नियन्त्रण हुन्छ कि भने आशंका पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार