नेपाल एयरलाइन्सका सबै पाइलटको कोरोना परीक्षण, रिर्पोट नेगेटिभ


काठमाडौं । नेपाल एयरलाइन्सका सबै पाइलटको कोरोना परीक्षण गरिएको छ । परीक्षणमा एयरलाइन्स सबै २४ जना क्याप्टेनहरुको रिर्पोट नेगेटिभ आएको क्याप्टेन विजय लामाले जानकारी दिए ।

मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको हो । परीक्षण रिर्पोट नेगेटिभ आएपछि आफुहरुले थप सुरक्षित महसुश गरेको क्याप्टेन लामाले बताए ।

नेपाल एयरलाइन्सले पछिल्लो समय लकडाउनमा पनि यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ । एयरलाइन्सले अहिलेसम्म करिव १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार