विजय रामको मृत्यु प्रकरणमा गरुडाका डीएसपी प्रदेश कार्यालय तानिए


रौतहट । रौतहटका विजय रामको मृ त्यु प्रकरणमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् । कर्तव्य ज्यान मु द्दामा प क्राउ परेका विजयको प्रहरी हि रासतमा हुँदा कु टाईबाट मृत्यु भएपछि डिएसपी महतो प्रदेश प्रहरी कार्यालयमा तानिएका हुन् ।

गरुडा नगरपालिका ८ का २० वर्षीय निरन्जन रामको घा टी  रे-टेर ह त्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हि रासतमा हुँदा कु टाईबाट ग म्भिर घा इते भएका उनको उप चारका क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

विजयको शरीर भरी निलडाम र घा उचोट भेटेपछि उनका परिवार र स्थानीयले प्रहरीमाथि आ क्रोष पोख्दै न्यायका लागि आवाज उठाइरहेका छन् । स्थानियहरुले प्रहरी चौकीमा प्रहरीवि रुद्ध ना रावाजी गर्दै गरुडाका डीएसपी महतोलाई निलम्बन गरी घटनाको छानविन गर्नुपर्ने माग गरिरहेका छन् ।

महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

घ-टनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ ।
विजयको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

प्रदेश २ मा श्रृङ्खलावद्ध रुपमा भइरहेका दलित ह त्याका घटनाबारे मानवअधिकारकर्मीहरुले च र्को वि रोध गरिरहेका छन् ।
घ-टनामा संलग्नलाइ हदैसम्मको का रवाहीको माग गर्दै स्थानियहरुले प्र र्दशन समेत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार