कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुरका ४० वर्षीया पुरुष र सप्तरीको राजविराज नगरपालिका २ तेतरीगाछी की ६५ वर्षीया महिला रहेकी छन् ।

रौतहटका पुरुषको वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको हो भने महिलाको जेन्द्रनारायण सिंह अस्पतालबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार