
वीरगञ्ज । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बुवा चिरञ्जीविलाल सरावगीको ७८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि १५ दिनदेखि अस्पतालमा उपचाररत उनको गएराति निधन भएको हो ।
विजयकुमारलाई कोरोना देखिएपछि उनको बुवाको पनि परीक्षण गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको थियो ।
त्यसपछि भदौ २ गते गरिएको पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका थिए । दिर्घरोगी समेत भएकाले कोरोना निको भएपनि बचाउन नसकिएको मेयर सोरागीले बताएका छन् ।










