पुरोहितसहित बालविवाह गर्ने र गराउने ५ जना पक्राउ


सल्यान । सल्यानमा बालविवाह गर्ने र गराउने पाँच जना पक्राउ परेका छन् । बिहेको जग्गेबाट दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जना पक्राउ परेका हुन् ।

त्यस्तै पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका ८ गैरागाउँ निवासी दुलाहा २५ वर्षीय दिपेन्द्र शर्मा र बाँकेको बैजनाथ गाउँपालिका १ गाभर निवासी १८ वर्षीया लक्ष्मी जैसी बेहुलाका बाबु आमा र पुरोहित रहेका छन् । उनीहरु सबैलाई बालविवाह गराउन खोजेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

शर्माको घरमा बालविवाह भइरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार