
काठमाडौं । बारा र नवलपरासीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिला र बाराको सम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्ध रहेका छन् ।
उनीहरु दुबै जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।












