
काठमाडौं । एक युवतीलाई सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका १ दहचोककी १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ । ति युवतीलाई सामूहिक बलात्कार भएको विषेश सूचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।












