
बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुष रहेका छन् ।
भदौ १५ गते कोरोना संक्रमणपछि १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत उनको गएराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।











