
धनुषा । मधेसमा दलित समुदायमाथि निरन्तर एक पछि अर्को आकारमण भईरहेको छ । फेरि धनुषामा सोमबार एक दलित परिवामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको विदेह नगरपालिका ३ गोबराहीका स्थानीय सवाई दासको परिवारमाथि कुटपिट भएको हो।
उनीहरुलाई आफूले काम गरेको ज्याला माग्दा स्थानीय हरी कुसियैतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेश कुसियैत तीन जना मिलेर निर्घात कुटपिट गरेको खुलेको छ ।
उनीहरुको कुटपिटबाट सवाईकी ४५ वर्षीय श्रीमती निलमदेवी दास, उनकी बुहारी, २४ वर्षीय भतिज रामशरण दास र भाइ रामभगत दास घाइते भएका छन्।
घाइते निलमदेवीको जनकपुरधामस्थित काव्या अस्पतालमा उपचार भइरहेको छ । पीडित परिवारले कुटपिट गर्ने विरुद्ध उजुरी समेत दिएका छन् । तर प्रहरीले भने उनीहरु फरार रहेकाे भन्दै पक्राउ गरेको छैन् ।
प्रहरीले दुबै पक्षबीच झडप भएको र कुसियैत परिवारका पनि केही घाइते भएका बताएको छ ।










