
काठमाडौं । सुन्दै अचम्म लाग्ने कुरा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ४५ बर्षपछि दशैमा नयाँ कपडा लगाएका छन् । उक्त कुरा उनले आफ्नो सामाजिकसंजाल फेसबुकमा नयाँ कपडा लगाएको तस्बिर सार्वजनिक गर्दै बताएका हुन् ।
“सायद ४५ बर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला उनले फेसबुकमा लेखेका छन,यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन, मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो ।”
साथीभाइले राम्रो कपडा लगाएन भनेर अब कचकच नगर्नुहोला समेत भनेका छन् ।
“धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो, अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस,” महावीरले फेसबुकमा लेखेका छन् ।
आफुलाई नयाँ लुगा कसले दिएको हो भन्नेबारे केहि दिनम खुलासा गर्ने उनको भनाई ।
“नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला, केहि महिना पछि मैले नै बताउने छु, क्या रमाइलो हुने भयो यो पालीको दशैँ त, कहिले काहिं त गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला”, महावीरले लेखेका छन् ।









