
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पुष्टि भएका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी पाइएका छन् ।
स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार काठमाडौँमा थप ३ हजार २५० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ भने १६८ जनाको मृत्यु भएको छ ।














