
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोरोनाबाट मृत्यु भएको छ । निर्देशक जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
करिब दुई साता अघि संक्रमणको आशंका भएपछि परिक्षण गराएका ४७ बर्षिय जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए ।












