महामारीबाट नेपालको अर्थतन्त्र बचाउन विश्व बैंकले १७ अर्ब ७८ करोड दिंदै


काठमाडौं । विश्व बैंकले महामारीबाट नेपालको अर्थतन्त्र बचाउन रु १७ अर्ब ७८ करोड दिने भएको छ ।

विश्व बैंकको बोर्ड बैठकबाट उक्त ऋण सहयोगको प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जनाएको छ ।

बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिन लागेको हो ।

उक्त रकम नेपालमा कोभिड–१९ महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षा तथा दिगो विकासको प्रयोजनमा खर्च हुने जनाइएको छ ।

उक्त रकमको माध्यमबाट कोरोनाका कारण कमजोर बनेको नेपालको सामाजिक तथा आर्थिक क्षेत्र पुनरुत्थानमा सहयोग पुग्ने विश्व बैंकले अपेक्षा गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार