
काठमाडौं । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको दुई देशको सीमा स्तम्भ फेरि गाडिएको छ । ४३६ नम्बरको सीमा स्तम्भ पाँच घण्टापछि फेरि सोही स्थानमै गाडिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्भिएका हुन् भन्ने अभिव्यक्ति दिएसँगै विवाद बढेपछि भारतीय पक्षले सीमा स्तम्भ नै उखेलेर फालेका थिए ।
यो विषयमा ठोरीका स्थानीयले विरोध गरेपछि दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षको रोहबरमा शनिबार राति सहमति भएपछि पहिलेकै स्थानमा सीमा स्तम्भ गाडिएको बताइएको छ ।
सीमा स्तम्भ गाडिएसँगै सुरक्षालाई मध्यनजर राख्दै सर्वसाधारणलाई आइतबारदेखि सीता गुफा क्षेत्रमा जान रोक लगाइएको छ ।










