
धादिङ । घुस लिदै गर्दा धादिङको निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई ४० हजार नगद घूस रकम लिँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनलाई आज कार्यकक्षबाटै पक्राउ गरेको आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले बताए ।








