प्रचण्ड भन्छन्ः ‘ओली भिलेन हो भन्ने जनताले थाहा पाए, अझै बालुवाटारमा बसिरहन लाज छैन’ 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको जनताले थाहा पाइसकेको बताए ।

बिहीबार दिउँसो संघीय संसद भवन बानेश्वरमा विभिन्न संचारमाध्यमहरुका सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले एकपछि अर्को असंवैधानिक कदम चालेको भन्दै कडा आलोचना गरेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा अहिलेसम्मका उपलब्धीलाई नष्ट गर्ने कार्य निरन्तर भइरहेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको समेत उनले प्रष्ट पारे ।

उपलब्धीहरुको रक्षा र जनताका महत्वपुर्ण बिषयमा केन्द्रिय हुने वाहेक आफुहरुको अर्को कुनै स्वार्थ नरहेको प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले सम्पादकहरुसंगको अन्र्तकृयामा भने, “यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए।”

एमालेका ओली र माधव नेपाल एकैखालको नभएको पनि उनले बताए। ओलीले गणतन्त्रलाई बयलगाडा भन्ने समयमा माधव नेपाल गणतन्त्र माग्दै आन्दोलनमा हिडेको प्रचण्डले बताए ।

‘गणतन्त्रलाई बयलगाडा भन्दै हिड्ने ओली र गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै(उस्तै होइन्।
प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै(उस्तै हुनै सक्दैन्। हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं। तर अनावश्यक चलखेल स्वीकार्य हुँदैन, हाम्रो लाइन यहि हो, प्रचण्डले प्रष्ट्याए ।

सबैतीरबाट असफल भइसक्दा पनि बालुवाटारमै बसिरहन प्रधानमन्त्री ओलीलाई लाज नलागेको अध्यक्ष प्रचण्डको भनाई छ ।

“यति हुँदा पनि म भए त बालुवाटारमा एकछिन पनि बस्न सक्दैनथेँ। उहाँको के कुरा गर्ने ? अझ खारेजीमा परेका मन्त्रीलाई नछोड भन्ने ? लाजै नभएपछि के गर्ने ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार