गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त


कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई आज संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ सरकार गठनका लागि उनले आज बिहान ३५ जना प्रदेश सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका थिए। पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले सरकारको नेतृत्व गर्दैछन्। ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।

सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद दिपक मनाङे पनि गठबन्धनमा छन् । यसअघि पुस २५ मा माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका खगराज अधिकारीले वैशाख ९ गते मा विश्वासको मत नपाएपछि उनि नेतृत्वको सरकार ढलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार