काठमाडौं । नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले शनिवार काठमाडौंमा शक्ति प्रर्दशन गर्यो । उसले ‘युर्थ फोर्स उपत्यका कमाण्डको घोषणा तथा सपथ ग्रहण’ कार्यक्रमको आयोजना गरी काठमाडौंमा शक्ति प्रर्दशन गरेको हो ।
उपत्यकाका तिनै जिल्लाबाट आएका सयौं युवाहरुले माइतीघर मण्डलादेखि र्याली सुरु गरी नयां बानेश्वर हुँदै कार्की ब्याङक्वेट पुगेका थिए । त्यहाँ आयोजित कार्यक्रममा एमालेका नेता ईश्वर पोखरेल, महेश बस्नेत, निरु देवी पाल लगायत युवा संघ नेपालका सदस्य लगायत सयौं युवाहरुको उपस्थिती थियो ।
प्रचण्ड गर्मीको वास्ता नगरी सयौं युवाहरु र्यालीमा सहभागी थिए । उनिहरुले ‘केपी बा आई लभ यू, पार्टी भित्रका गद्धार मुर्दावाद, युर्थ फोर्स जिन्दावाद, युवा संघ नेपाल जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिए पनि उनि आफु नआएर नेता इश्वर पोखरेललाई कार्यक्रममा युथ फोर्सका लागि सन्देशसहित पठाएका थिए ।
हेर्नुहोस तस्बिरहरु









भिडियो हेर्नुहोस











