यस्ता छन् देउवा नेतृत्वको संयुक्त सरकारका नीति तथा कार्यक्रम (भिडियोसहित)

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक आज गरिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो पत्रकार सम्मेलन गरि सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गठबन्धनमा सहभागी दलहरु काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका शिर्ष नेताहरुले संयुक्त रुपमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा सरकारले ११ वटा बिषयलाई प्राथमिकता निर्धारण गरेको छ ।

जसमा कोरोनाभाइरसबाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम लगायतका विषय समेटिएका छन् ।

त्यस्तै गठबन्धनको संयुक्त सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित विचाराधीन सबै ऐन तीन महिनाभित्र पारित गर्ने उल्लेख गरेको छ । न्यूनतम कार्यक्रममा किसानले ब्यवहोर्दै आएको मलको समस्यालाई आपूर्ति सुनिश्चित गर्ने, उखु उत्पादक किसानको समस्या समाधान गर्ने र कृषि बीमाको व्यवस्था गरी जोखिम न्यूनीकरण गर्ने पनि गठबन्धनको कार्यक्रममा उल्लेख छ ।

त्यस्तै ऊर्जा र जलस्रोत विकासलाई अर्थतन्त्रको मुख्य आधार बनाउने, पूर्व–पश्चिम लोकमार्ग र काठमाडौं रिङरोड विस्तारका बाँकी काम यथाशीघ्र सम्पन्न गर्ने समेत देउवा नेतृत्वका सरकारको प्राथमिकतामा परेका छन् ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार